Kathmandu Press

देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चलेको छ : सांसद सिंह

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए।
देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चलेको छ : सांसद सिंह

मकवानपुर, चैत २ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपकबहादुर सिंहले देशको न्यायप्रणाली दलहरुको भागबण्डामा चल्ने गरेको बताएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुर जिल्ला कमिटीको शनिबार हेटौंडामा भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले देशमा न्याय मरेको टिप्पणी गरे।

Hardik ivf

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटामाथिको अपहरण तथा ज्यान मार्ने मुद्दाको फाइल न्यायधीशहरुले खोल्ने आँट नगरेको समेत उनले आरोप लगाए।

न्यायलयहरुमा कांग्रेस, एमाले, माओवादीका कार्यकर्ताहरु भर्ती भएको उनको बुझाई छ। सांसद सिंहले अवस्था र व्यवस्थाको परिवर्तन आजको आवश्यक भएको जिकिर गरे।

सांसद् सिंहले प्रदेश संरचनालाई देशले धान्न नसक्ने बताए। संघीय संरचना नै खारेज गर्नुपर्छ भन्ने आफूहरुको मुल्य र मान्यता रहेको उनले जिकिर गरे। 

अवस्था र व्यवस्था परिवर्तन गर्न सबैले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानलाई साथ दिन पनि उनले आग्रह गरे । सांसद सिंहले सबै जात र धर्मलाई संरक्षण गर्नको लागि राजसंस्था बाहेक अर्को विकल्प नभएको समेत बताए।

अब पार्टीको नेतृत्व युवा पंक्तिहरुले गर्नुपर्ने उनले बताए। 
 

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, चैत २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्