Kathmandu Press

समाजवादी मोर्चाले भन्यो- राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्‍याे

मोर्चाले सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको जिकिर गरेको छ।
समाजवादी मोर्चाले भन्यो- राज्य संचालकको स्वेच्छाचारीले देश अप्ठ्यारोमा पर्‍याे

काठमाडौं, चैत २ : समाजवादी मोर्चाले राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको जनाएको छ।

शनिबार पत्रकार सम्मेलन गर्दै मोर्चाले  भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको उल्लेख गरेको छ।  

Hardik ivf

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकासमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरुको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरु एकपछि अर्को कुण्ठित हुँदै गइरहेका छन्,’ मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्य संचालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ। भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ।’ 

सरकारकै कारण नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा रहेको आरोप पनि मोर्चाले लगाएको छ।

मोर्चाले सरकार विचौलिया दलालहरुको स्वार्थसिद्धिमा केन्द्रीत रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको जिकिर गरेको छ।

मोर्चाले काठमाडांैमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जानकारी दिएको छ। आन्दोलन सफल पार्न सम्पूर्ण देशभक्त तथा गणतन्त्रवादी शक्तिहरु पत्रकार सम्मेलन मार्फत अपिल पनि गरेको छ। 

प्रकाशित मिति: १७:०९ बजे, शनिबार, चैत २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्