Kathmandu Press

हेटौंडामा प्रचण्डको तस्बिर जलाइयो

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल को तस्बिर जलाएका हुन्।
हेटौंडामा प्रचण्डको तस्बिर जलाइयो

मकवानपुर, चैत २ : हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका सदस्य सचिव निराजन बम पलाँताले पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल को तस्बिर जलाएका हुन्।

संगठनको शनिवार हेटौंडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले दाहालको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदुषित पारेको भन्दै तस्विरमा आगो लगाए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहलगायतको उपस्थिति छ।

Photo-(3)-(26)-1742033362.jpeg

Photo-(6)-(5)-1742033362.jpeg

प्रकाशित मिति: १५:५४ बजे, शनिबार, चैत २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्