Kathmandu Press

शिक्षकहरुका मागलाई वेवास्त गरिए परिणाम राम्रो हुँदैन : अध्यक्ष दाहाल

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए।  
शिक्षकहरुका मागलाई वेवास्त गरिए परिणाम राम्रो हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं, चैत २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। 

विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष दाहालले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए। 

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष दाहालले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए।  

उनले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले दाहाल नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए। 

प्रकाशित मिति: १३:०३ बजे, शनिबार, चैत २, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्