Kathmandu Press

राजसंस्था र प्रजातन्त्र सँगै जान सक्छ, परिवर्तनलाई रोक्न सकिन्न : लिङ्देन

उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताए ।
राजसंस्था र प्रजातन्त्र सँगै जान सक्छ, परिवर्तनलाई रोक्न सकिन्न : लिङ्देन

काठमाडौं, चैत १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको संघारमा पुगेको देशलाई कसैले रोक्न नसक्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको ९औं बार्षिकोत्सव समारोहमा उनले देश एउटा परिवर्तनको संघारमा पुगेको भन्दै एक दुई जना कसैले चाहेर परिवर्तन नरोकिने बताएका हुन् ।

उनले भने, ‘सबैभन्दा माथि देश छ, देशभन्दा माथि केही छैन् । देश एउटा परिवर्तनको संघारमा पुगेको छ । यो अब एक दुई जना कसैले चाहेर रोकिने अवस्थामा छैन् । त्यसकारण आफ्नो आस्थालाई केन्द्रमा राखेर आउन खोजेको परिवर्तनलाई, जनताको भावनालाई अन्देखा गर्ने र दुर्घटनातर्फ लाने काम कसैले गर्नु हुदैँन् । यो रोकिनेवाला छैन् । त्यसकारण गलत प्रचार गर्ने र समाजमा भ्रम सिर्जना गर्ने भन्दा पनि समाधानका सुझावहरु दिनुपर्छ ।’

Hardik ivf

यसको साथै, उनले राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प नभएको भन्दै राजसंस्था र प्रजातन्त्र सँगै जान सक्ने बताए ।

उनले भने, ‘नेपालमा राजासहितको प्रजातन्त्र चाहिन्छ भन्ने पार्टीको अध्यक्ष भएको नाताले आज सबैको उपस्थितीमा के आग्रह गर्न चाहान्छु भने राजसंस्था र प्रजातन्त्र एकअर्काका विरोधी र विकल्प होइन । राजसंस्था र प्रजातन्त्र सँगसँगै जान सक्छ, राजा र प्रजातन्त्र सँगै जान सक्छ ।’

सोही कार्यक्रममा पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल सम्बन्धी विधेयक हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भएपनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको भन्दै यो विधेयक जस्ताको त्यस्तै पास भयो भने स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिने बताए ।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक छ यो अत्ति खतरानाक छ । विधेयक जस्ताको त्यस्तै पास भयो भने यो देशमा स्वतन्त्रता र प्रजातन्त्र पूरै मासिन्छ । यो सरकारको युनिटमा छ, यो व्यापक खतरनाक छ । कुनैपनि मान्छेले लेख्न, कुनै आइडी बनाउनको लागि देखि हरेक कुरालाई नियन्त्रण गर्ने र जसरी भएपनि अभिव्यक्ति स्वतन्त्रतालाई बन्द गर्ने भन्ने उद्देश्यका साथ आएको छ ।’

पार्टीका नेता धवल शमशेर राणाले नेपालमा चलेको परिवर्तनको हावालाई अहिलेका मिडिया हाउसहरुले स्विकार नगरेको भन्दै कति दिन नजरअन्दाज गर्ने हो हेर्नै बाँकी रहेको बताए ।

उक्त कार्यक्रममा डा.प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे र गोपाल पौडेलले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०:०५ बजे, शुक्रबार, चैत १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्