Kathmandu Press

वृद्धभत्ता चोरी गरी फरार रहेका पुरुष पक्राउ

कपिलवस्तु, वैशाख १८ : शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन्।  शिवराज &ndas....

वृद्धभत्ता चोरी गरी फरार रहेका पुरुष पक्राउ

कपिलवस्तु, वैशाख १८ : शिवराज नगरपालिकाको चन्द्रौटा बजारमा वृद्धाको सामाजिक सुरक्षावापतको रकम चोरीको आरोपमा एक जना पक्राउ परेका छन्।  शिवराज –४ चनइ बस्ने ४५ वर्षीय अमिन मियाँले  शिवराज ६ सुगानगरकी ७८ वर्षीया यादवको सामाजिक सुरक्षावापतको १२ हजार रुपैयाँ चोरी गरी फरार  थिए। 

मियाँले पैसा चोरेको चन्द्रौटास्थित गौतम फोटो स्टुडियोको सिसी क्यामेरा फुटेजबाट पत्ता लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए। मियाँ यही वैशाख १४ गते रकम चोरेर फरार भएका थिए। अभियुक्तलाई वडा प्रहरी कार्यालयमा राखिएको छ।

प्रकाशित मिति: १२:४७ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्