ट्रम्पको अरोप– जिलेन्स्कीले तेस्रो विश्वयुद्ध निम्त्याउन खोजे
ट्रम्पले भने, ‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनलाई ‘तृतीय विश्व युद्धको साथ जुवा’ खेल्न खोज्दैछन्।’
वसिङ्टन डिसी, फागुन १७ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताको विश्वभर चर्चा चलिरहेको छ।
जेलेन्स्कीले युक्रेनको दुर्लभ पृथ्वी खनिजहरूमा अमेरिकालाई पहुँच दिनको लागि सम्झौतामा हस्ताक्षर नगरी शुक्रबार ह्वाइट हाउस छाडेको विषयले निकै चर्चा पाइरहेको छ।
ओभल अफिसमा भएको वार्ता विफल भएपछि तेस्रो युद्ध हुने चिन्ता थपिएको छ। वार्ताका क्रममा ट्रम्पले जेलेन्स्कीले माग गरे अनुसार संयुक्त राज्यले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन नसक्ने टिप्पणी गरेका थिए।
ट्रम्पले भने, ‘जेलेन्स्की अमेरिकी समर्थनका लागि तयार छैनन् र उनलाई ‘तृतीय विश्व युद्धको साथ जुवा’ खेल्न खोज्दैछन्।’
अमेरिकासँग दुर्लभ खनिज सम्झौता गर्न र रुसको प्रभाव रोक्न वासिङ्टन पुगेका जेलेन्स्कीलाई ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनले अमेरिका अपमान गरेको आरोप लगाएपछि बैठकमा तनाब बढेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
ट्रम्पले जेलेन्स्कीको अवस्था कमजोर रहेको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए। जवाफमा जेलेन्स्कीले आफू गम्भीर रहेको बताउँदै रूसप्रति नरम नहुन आग्रह गरेका थिए ।











-1763799581.jpg)
