Kathmandu Press

धादिङमा दादुरा–रुवेलाको खोप लगाइँदै

धादिङ, वैशाख १७ : बन्दाबन्दीको समयमा गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएको कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ।

बन्दाबन्दीकै....

धादिङमा दादुरा–रुवेलाको खोप लगाइँदै

धादिङ, वैशाख १७ : बन्दाबन्दीको समयमा गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएको कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ।

बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो। गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा–रुबेला फैलिँदा १२ बिरामी भएका छन्।

Hardik ivf

नेपाल सरकारले दादुरा–रुवेला फैलिएका गाउँपालिकाभर दादुरा–रुबेला खोप लगाउने भएको हो। यससँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मीले बताए।

६ महिनादेखि १५ वर्षसम्म उमेर समूहका गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारलाई खोप लगाइने कार्यक्रम रहेको छ। खोप कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिने छ।

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, वैशाख १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्