Kathmandu Press

साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने 

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएको जनाइएको छ। 
साँझ ५ बजे मन्त्रिपरिषद बैठक बस्ने 

काठमाडौं, फागुन १२ : साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय भएको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने छ। मन्त्रिपरिषद्को नियमित बैठक बस्ने तयारी भएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयहरूमा छलफलसहितको नियमित बैठक बोलाएको जनाइएको छ। 

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेशहरू संसद्मा पेश हुन सकेका छैनन्। राष्ट्रिय सभामा सत्ता गठबन्धनका पक्षमा बहुमत जुट्न नसकेपछि सरकारलाई अध्यादेश पेश गर्न कठिनाई परेको हो। 

प्रकाशित मिति: १३:५६ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्