Kathmandu Press

सामाजिक संजाल विधेयकको विरोध नगरौं : मन्त्री गुरुङ

उनले सामाजिक सञ्जालमा नियमन जरुरी भएको बताउँदै सरकारले पछाडि फर्कनुपर्ने अवस्था नरहेको बताए। 
सामाजिक संजाल विधेयकको विरोध नगरौं : मन्त्री गुरुङ

काठमाडौं, फागुन १२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले धेरै नीतिहरु  परिवर्तन गर्नुपर्ने बताएका छन्।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्धमा गरेको अन्तरक्रियामा बोल्दै मन्त्री गुरूङले धेरै स्थानमा नीतिहरु नै नभएकाले उल्टो बाटो हिँडिरहेको बताएका हुन्। 

Hardik ivf

‘परिवर्तन नै नभएको हाम्रा नीतिहरु छन् । गणतान्त्रिक नेपालमा गतिलो नीति नभएको मन्त्रालय हो जस्तो लाग्छ, अब यो कुरालाई मेटाउँदैछौं। यस वर्ष सबै नीति, विधेयक र कानूनहरु बनाउने कुरामा सबै सक्ने भनेर काम गरिरहेका छौं,’ उनले भने, ‘यसै संशोधनका क्रममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधन पनि गर्नुपर्नेछ। धेरै ठाउँमा नीतिहरु नै छैन्, उल्टो बाटो हिँडिरहेका छौं।’ 

मन्त्री गुरुङले राज्यको काम गर्ने तरिका बदल्नुपर्ने बताए। उनले अहिले पनि मुलुक टुक्र्याउने वा मुलुकलाई विखण्डन गर्ने दुष्प्रयासहरु भइरहेकाले यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्ने बताए।

‘राज्यको काम गर्ने तरिका बदल्नुपर्ने छ । पहिले नीति बनाउनुपर्यो, त्यसपछि ऐन बनाउनुपर्यो। बनाएका ऐनहरु परिवर्तन हुनुपर्छ । स्वतन्त्रता, स्वाधिनता या भौगोलिक अखण्डता कदापी हुनु भएन। अहिले पनि हाम्रो मुलुक टुक्र्याउने वा विखण्डन गर्ने दुष्प्रयासहरु भइरहेका छन्,’ उनले भने, ‘संविधान जारी भएपनि यस्ता दुष्प्रयासहरु समाप्त भएका छैनन। धार्मिक सहिष्णुता भत्काउन पाइँदैन।  यस्ता दुष्प्रयास गर्नेहरुलाई कारवाही गर्नुपर्छ।’

उनले एआइ प्रयोगले संसार नै ध्वस्त हुने भन्दै यसलाई नियमन गर्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमा नियमन जरुरी भएको बताउँदै सरकारले पछाडि फर्कनुपर्ने अवस्था नरहेको बताए। 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, फागुन १२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्