Kathmandu Press

‘उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्छ’

संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा पहिचानका समस्याहरू समाधान गर्न सकिने बताए। 
‘उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्छ’

झापा, फागुन १२ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित वर्ग र समुदायको पहिचानको मुद्दा सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले संविधानको पूर्ण कार्यान्वयन गरेर यी मुद्दाहरुको सम्बोधन गर्नुपर्ने बताए।

सोमबार झापाको कचनकबल पुगेका अध्यक्ष दाहालले सहिद परिवार तथा आदिवासी अगुवाहरूसँगको भेटघाटका क्रममा संविधानमा उल्लेखित स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको अवधारणा कार्यान्वयन गर्दा पहिचानका समस्याहरू समाधान गर्न सकिने बताए। 

अध्यक्ष दाहालले संविधान निर्माणका समयमा उत्पीडित वर्ग र समुदायका मुद्दा पर्याप्त रूपमा उठाउन नसकिएको पनि बताए। 

संविधानको पूर्ण कार्यान्वयनबाट पनि पहिचानको मुद्दा सम्बोधन गर्न नसकिए संविधान संशोधनमार्फत् अघि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए।

अध्यक्ष दाहाल माओवादीले उत्पीडित वर्ग र समुदायको एजेन्डा प्राथमिकतामा राख्ने नीति लिएको बताए। 

अहिले उत्पीडित समुदायले पाएको अधिकारलाई माओवादीले पाए जस्तो देख्ने र यसलाई जति सकिन्छ धेरै खोस्ने प्रयासमा एकथरी शक्ति लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टी भने उत्पीडित समुदायलाई बलियो बनाएर मात्रै जनताको अधिकार बचाउन सकिन्छ भन्नेमा स्पष्ट रहेको बताए। त्यसका लागि उत्पीडित वर्ग र समुदाय पनि थप एकताबद्व र बलियो बन्नुपर्ने बताए।


 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, फागुन १२, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्