Kathmandu Press

सशस्त्र प्रहरीको महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

सशस्त्र प्रहरी बल नेपालकी एकजना महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।
सशस्त्र प्रहरीको महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं, फागुन ११ : सशस्त्र प्रहरी बल नेपालकी एकजना महिला इन्स्पेक्टर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।

 सिन्धुपाल्चोक घर भई पोखरामा तालिमरत इन्स्पेक्टर सन्तोषी महत छिन्। उनी तालिम गरिरहेकै ब्यारेकको महिला शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

Hardik ivf

सशस्त्र प्रहरी बलका अनुसार उनी शौचालयको बिममा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।

उनको शव पोस्टमर्टम गर्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनी २०७२ सालमा सिपाहीमा भर्ना भई सशस्त्र प्रहरीमा सेवा सुरू गरेकी थिइन्। त्यसको ६ वर्षपछि ०७८ मा उनले असईमा नाम निकालेकी थिइन्। उनले यही वर्ष इन्स्पेक्टरमा पनि नाम निकालेर तालिम सुरू गरेकी थिइन्।

उनको मृत्यु भएको घटनामा अनुसन्धान सुरू भएको छ।

प्रकाशित मिति: २०:३१ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्