Kathmandu Press

भौतिक पूर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । 
भौतिक पूर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

काठमाडौं, फागुन ११ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन् । 

आइतबार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भएरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन्। 

Hardik ivf

उनले भनिन्,‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ । ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन् । भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ । त्यो एकदम खेदजनक छ ।’

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन् ।
यस्तै राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए ।

उनले कांगे्रस डरलवादी संगठन भएको आरोप पनि लगाए । 

 

प्रकाशित मिति: १९:३० बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्