Kathmandu Press

एनआरएनएको फैसला कार्यान्वयन गर्न सर्वोच्चको पत्र 

एनआरएनएको फैसला कार्यान्वयन गर्न सर्वोच्चको पत्र 

काठमाडौं, फागुन ११ : सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलेले एनआरएनको निर्वाचनबारे भएको फैसला कार्यान्वयन गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र पठाएको छ । 

गत वर्षको चैतमा भएको फैसला कार्यान्वयन गर्न सर्वोच्चले पत्र पठाएको हो ।

Hardik ivf

सर्वोच्चले फैसला कार्यान्वयन गर्नुको सट्टा फैसलामाथि नै प्रश्न उठाउने काम भएको पत्रमा उल्लेख गरेको छ ।

गैरआवासीय नेपाली संघको सचिवालयको नाममा पत्र लेखिएको छ । साथै, पत्रमा एनआरएनको प्रशासनिक कामकारवाही लगायत सबै कागजपत्र उच्चस्तरीय समितिलाई हस्तान्तरण गर्न भनेको छ ।

सर्वोच्चले एनआरएनएका दुई महाधिवेशन खारेज गर्दै ६ महिनाभित्र एकता महाधिवेशन गर्न फैसला गरेको थियो । त्यतिबेला महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई अमान्य हुने ठहर भएको थियो । 

 

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्