अन्तर्राष्ट्रिय परिस्थितिको नेपाल प्रभावलाई सूक्ष्म रुपमा हेरिएको छ : सेना
विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भनाई सेनाको छ।-(11)-1740314271.jpg)
काठमाडौं, फागुन ११ : नेपाली सेनाले बदलिंदो अन्तर्राष्ट्रिय परिस्थितिको नेपाल प्रभावलाई सूक्ष्म रुपमा हेरिरहेको बताएको छ।
सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा शक्तिराष्ट्रले लिइरहेका नयाँ नीतिको बिषयलाई समेत हेरिएको सेनाको भनाइ छ। विशेषतः अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले लिएका नीतिका कारण बहुआयामिक प्रभाव पर्ने भनाई सेनाको छ।
‘विभिन्न शक्तिराष्ट्रले लिएका नीति र क्षेत्रीय रुपमा विकसित परिस्थिति, राजनीतिकदेखि आर्थिक गतिविधिले कत्तिको प्रभावित हुन्छौं भन्ने कुरा धेरै अनुमान लगाउन सकिन्छ’, पत्रकार सम्मेलनमा उपरथी प्रेमध्वज अधिकारीले भने, ‘नेपाली सेना र सैनिक नेतृत्व बदलिँदो परिस्थितिमा कम्प्रिहेन्सिभ स्ट्याटिजी फ्रेमवर्कमा पर्ने सम्पूर्ण सुरक्षा सरोकारका विषयहरुलाई कसरी सम्बोधन गर्ने भन्नमा चिन्तनमनन भइरहेकै अवस्था हो।’
अधिकारीले बदलिएको परिस्थितिमा नेपालको क्षमता र स्रोत, साधनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि रणनीति तयार पार्ने काम भइरहेको जानकारी समेत दिए।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका प्रमुख सहायक रथी गौरवकुमार केसीले सेनाले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय स्तरमा भएका गतिविधिलाई छलफल गर्ने, बुझ्ने र रणनीति बनाउने कुरालाई स्वाभाविक रुपमा लिनुपर्ने बताए।












