Kathmandu Press

‘अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्छ’

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिँदै नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गरे। 
‘अमेरिकी सहयोगका सम्बन्धमा सरकारले प्रतिवेदन बनाउनुपर्छ’

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभाको आजको बैठकमा सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो सरकारले सोको प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा बैठकमा उनले अमेरिकाले नेपाललाई आफ्ना ऐजेन्सी, दूतावास, सरकारमार्फत सहयोग कति र कुन शीर्षकमा आयो सोको बारेमा प्रतिवेदन बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘अमेरिकाबाट के कति सहयोग आएका छन्, अहिले ती सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। नेपालको अन्तरराष्ट्रिय छवि र राष्ट्रिय भावनामा चोट पु¥याउने काम कहीकतैबाट हुनुहुँदैन,’ उनले भने, ‘नेपालले अमेरिकी सहयोगका सन्दर्भमा ठगी गरेको हो वा उहाँहरूले गर्नुभएको हो? सोबारे स्पष्ट हुनु जरुरी छ।’

उनले अहिलेको अवस्थाबाट नेपालले स्पष्ट नीति बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकामा जोड दिँदै नेपालले कुन सहयोग लिने वा कुन सहयोग नलिने विषयमा स्पष्ट हुनुपर्ने उल्लेख गरे। 

यस्तै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई कित्ता क्लियर गरेर अघि बढ्न आग्रह गरे।

‘अहिले धेरै गम्भीरतापूर्वक उठेको छ। माओवादीले आफ्नो कित्ता क्लिएर गरोस्। दक्षिणपन्थी यात्रा हो कि, समाजवादी यात्रा हो?,’ उनले भने, ‘व्यवस्था बदल्न खोजेको हो कि सरकार बदल्न खोजेको हो?’ 

उनले २००७ यता कांग्रेस–एमाले सरकारमात्रै नभइ संस्था नै बनेको जिकिर गरे ।
 

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्