Kathmandu Press

संसदीय समिति बैठकमा यूएसएडको खर्च विवरण सार्वजनिक गर्न माग

आइतबार बसेको अर्थसमितिको बैठकमा बोल्दै सांसद गङ्गा कार्कीले युएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले विवरण सार्वजनिक गर्नुपर्ने माग राखिन्। 
संसदीय समिति बैठकमा यूएसएडको खर्च विवरण सार्वजनिक गर्न माग

काठमाडौं, फागुन ११ : प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा सांसदहरुले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएड) मार्फत नेपालमा भएको खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्। 

आइतबार बसेको अर्थसमितिको बैठकमा बोल्दै सांसद गङ्गा कार्कीले युएसएडमार्फत नेपालमा भएको खर्चलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फ्रड’ भनेको उल्लेख गर्दै उक्त रकम कहाँ र कसरी खर्च भएको थियो भनेर सरकारले विवरण सार्वजनिक गर्नुपर्ने माग राखिन्। 

Hardik ivf

‘युएसएडमार्फत नेपालको वित्तीय सङ्घीयताका लागि अमेरिकाले दिएको रकमलाई त्यहाँका राष्ट्रपति ट्रम्पले नै ‘फ्रड’ हो भन्नुभएको छ। अनौपचारिक रुपमा बुझ्दा उक्त रकम प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत खर्च भएको भन्ने जानकारीमा आएको छ,’ उनले भनिन्, ‘यस विषयमा आयोगसँग जवाफ मागिनुपर्छ र सरकारले खर्चको विवरण सार्वजनिक गर्नुपर्छ।’ 

सांसद सूर्य थापाले अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका विषयमा समितिमा छलफल आवश्यक नभएको बताए। 

‘यो समिति भन्दा पनि संसद्को विषय हो। युएसएडले गरेको खर्च कुन समयको हो र के कार्यक्रममा खर्च भएको थियो भनेर अर्थ मन्त्रलयसँग विवरण माग गर्न सकिन्छ । यसबारे लिखित पत्राचार गरौँं र मन्त्रालयसँगै विवरण मागैं,’ उनले भने। 

अर्का सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी राष्ट्रपतिले कुन सन्दर्भमा युएसएडको सहयोगलाई ‘फ्रड’ भनेको हो बुझ्नुपर्ने भनाई राखे । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को अनुदानका लागि आफू अर्थमन्त्री हुँदा हस्ताक्षर भएको बताउँदै सांसद कार्कीले त्यसलाई सबै दलले संसद्बाट पारित गरेको समेत बताए ।

प्रकाशित मिति: १७:२६ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्