Kathmandu Press

भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन्।
भौतिक पुर्वाधार मात्र विकास भन्नु खेदजनक छ : सुमना श्रेष्ठ

काठमाडौं, फागुन ११ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठले भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिनु खेदजनक रहेको बताएकी छन्। 

आइतवार संघीय ससद भवन परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले ताप्लेजुङमा निर्माण भइरहेको केबुलकारका विषयमा बोल्नु पर्ने बताएकी हुन्। 

Hardik ivf

‘ताप्लेजुङको विषयमा बोल्नुपर्ने छ। ताप्लेजुङबाट आएका भिडियोहरु भयावह छ । यदि विकास निर्माणको परिभाषा भौतिक पूर्वाधार मात्र हो भने भ्यू टावरहरुको निर्माणलाई विकास भनिए एकमत जनाउन सकिदैन्। भौतिक पुर्वाधार मात्र विकास हो भन्ने भाष्य निर्माण गरिएको छ। त्यो एकदम खेदजनक छ,’ उनले बताइन्।

उनले लोकतन्त्रमा फरक मत राख्ने अधिकार हुने भन्दै राजनीतिककर्मीहरुले दमन गरेको र यो लोकतन्त्र नभएको पनि बताइन्।

राप्रपाका संसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीलाई घमण्ड नगर्न चेतावनी दिए। उनले कांगे्रस डरलवादी संगठन भएको आरोप पनि लगाए। 
 

प्रकाशित मिति: १७:०५ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्