Kathmandu Press

वामदेव भन्छन्– फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद गौतमले  फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न पूर्वराजालाई सुझाव दिए। 
वामदेव भन्छन्– फेरि राजा बन्ने चाहना त्याग्नुस्, निर्वाचनमार्फत नेता बन्नुस्

काठमाडौं, फागुन ११ : सांसद वामदेव गौतमले पूर्वराजालाई फेरि राजा बन्ने चाहना परित्याग गर्न सुझाव दिएका छन्।

आइतबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद गौतमले  फेरि राजा बन्ने चाहना परित्याग गरी निर्वाचनमार्फत नेता बन्न पूर्वराजालाई सुझाव दिए। 

Hardik ivf

जनताको बलबाट अन्त्य भएको राजतन्त्र अब कुनै पनि हालतमा फर्कने सम्भावना नरहेको उनले बताए। 

‘नेपाली जनताले जनआन्दोलनको बलमा राजा हटाएर बहुदलीय व्यवस्था ल्याएका हुन्,’ उनले भने, ‘पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा प्रजातन्त्रिक पार्टी दर्ता गराउनुस्, २०८४ को निर्वाचनमा भाग लिनुस्, निर्वाचित भएर संसद्बाट प्रधानमन्त्री बन्नुस्, नेपालको चौतर्फी विकास गरी समृद्धि कायम गरेर देखाइदिनुस्।’

 यस्तै, सांसद गौतमले राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित नभएको बताए।

‘राजा महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन्। त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन् । राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रलाई नेपालका सबै राजनीतिक पार्टीहरूले स्वीकारेकै थिए,’ उनले भने, ‘राजनीतिक पार्टीका नेताहरुले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाउ भन्नु उचित हुँदैन।’

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्