Kathmandu Press

प्रधानमन्त्री ओलीले काठमाडौंका मेयरसँग सिङ जुधाएर बसेका छन् : सांसद शाही

‘मेयरलाई धोका दिएको होइन राजधानीलाई नै धोका दिनुभएको छ। महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आम नागरिकलाई धोका दिनु हो,’ उनले भने, ‘देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के होरु प्रधानमन्त्रीले नै राजधानीसँग तुष पाल्नुभएको छ।’
प्रधानमन्त्री ओलीले काठमाडौंका मेयरसँग सिङ जुधाएर बसेका छन् : सांसद शाही

काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीले काठमाडौंका मेयर बालेन शाहसँग सिङ जुधाएर बसेको टिप्पणी गरेका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले काठमाडौं महानगरपालिकामा डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाइनुको कारण माग गरे। 

Hardik ivf

‘डेढ महिनादेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्। अधिकृत नहुँदा १८ सय शिक्षकले चार महिनादेखि तलब पाएका छैनन्। त्यस्तै दुई हजारभन्दा बढी वडाका आयोजना तथा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। समयमा तलब नपाउँदा कर्मचारीहरूको आफ्नो घरखर्च चलाउनसमेत गाह्रो भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीले मेयरसँग सिउँठेजोरी खेलेर प्रतिस्पर्धा गरेर अगाडि बढ्नुभएको छ। एउटा मेयरसँग सिउँठेजोरी खेल्नुपर्ने, सिङ जुधाउनुपर्ने कारण के होरु यसको जबाफ यो संसदलाई दिनुपर्छ।’

प्रधानमन्त्रीले जनप्रतिनिधि कर्मचारीहरू, राजधानीलाई धोका दिएको उनले आरोप लगाए।

‘मेयरलाई धोका दिएको होइन राजधानीलाई नै धोका दिनुभएको छ। महानगरपालिकालाई असहयोग गर्नु भनेको यहाँका आम नागरिकलाई धोका दिनु हो,’ उनले भने, ‘देशको राजधानीलाई नै ठप्प बनाउनुको कारण के होरु प्रधानमन्त्रीले नै राजधानीसँग तुष पाल्नुभएको छ।’

यस्तै, उनले कांग्रेस र नेएमालेले राजा चाहिँदैन भनेको नसुहाउने बताएका छन्। ‘आज माओवादी माओवादीले राजा चाहिँदैन भन्दा सुहाउँछ । तर, राजाको पालामा प्रधानमन्त्री खाएको खाई गर्ने, राजाका अगाडि पाउमा दाम चढाउनेहरूले आज यहाँ (राजा)को विरोध गर्न पाइँदैन,’ उनले भने। 

सांसद शाहीले कांग्रेसका संस्थापक नेता विपी कोइरालाले राजालाई मानेको उनले स्मरण गर्र्दै कसैले राजाको घाँटी काट्न आए आफ्नो घाँटी माथि र राजाको घाँटी तल भनेको पनि सुनाए। 

प्रकाशित मिति: १६:३३ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्