Kathmandu Press

ओलीको जन्मदिनमा ५० पाउन्डको केक

आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो। 
ओलीको जन्मदिनमा ५० पाउन्डको केक

काठमाडौं, फागुन ११ : ५० पाउन्डकाे केक काटेर केपी ओली कप फुटबल प्रतियोगिताकाे उद्घाटन गरिएकाे छ।

आइतबार प्रधानमन्त्री ओलीको ७४औं जन्मदिनको अवसर पारेर प्रतियोगिताको उद्घाटन गरिएको हो। 

समारोहमा पचास पाउन्डको केक काटिएको थियो। प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले केक खुवाएर ओलीलाई शुभकामना दिइन्। 

केक काट्ने कार्यक्रमलगत्तै केपी ओली कपको उद्घाटन गरिएको थियो।

प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकको दायाँबायाँ फुटबल समेत बनाइएको थियो भने केक काट्दै गर्दा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो।

उद्घाटन समारोहमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी, समीक्षा अधिकारी लगायतका कलाकारको समेत उपस्थित रहेको छ। 

Photo-(14)-(1)-1740306850.jpeg

Photo-(23)-(1)-1740306851.jpeg

Photo-(11)-(1)-1740306856.jpeg

प्रकाशित मिति: १६:२० बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्