Kathmandu Press

रिंकु सदालाई ‘न्याय देउ’ भन्दै जनकपुरमा धर्ना [तस्बिरहरू]

अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठयारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन्।
रिंकु सदालाई ‘न्याय देउ’ भन्दै जनकपुरमा धर्ना [तस्बिरहरू]

धनुषा, फागुन ११ : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदालाई न्याय देउ भन्दै जनकपुरधाममा सडक अवरोध गरि धर्ना दिइएको छ।

आइतबार जनकपुरधामस्थित जनक चोकमा संयुक्त राजनीतिक दलित संघर्ष समिति र दलित महिला संघ, धनुषाले बाटो अवरोध गरि धर्ना दिएका छन्। उनीहरुले दलितमाथी बारम्बार ज्यादती भइरहँदा पनि सरकार मौन बसेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्।

धर्नामा बसेकाहरुले मधेश प्रदेशका मुख्यमन्त्रीले रिंकु सदाको विषयमा कुनै चासो नदेखाए भन्दै आक्रोस व्यक्त गरेका छन्। अनुगमनको नाममा जिल्ला जिल्ला पुग्ने मुख्यमन्त्री सिंहलाई एउटा तल्लो जातको दलित समुदायको घर पुग्न अप्ठयारो लागेको हो की भनेर उनीहरुले प्रश्न गरेका छन्।

Hardik ivf

photo-(2)-(37)-1740304751.jpg

उनीहरुले मानव अधिकार आयोग, महिला अधिकार आयोग र मधेशी आयोगले अहिलेसम्म कुनै चासो नराखेको भन्दै आक्रोश पोखेका छन्। उनीहरुले रिंकु सदालाई बलात्कार गर्ने तीनै जना र यस घटनाको मिलापत्र गर्न बसेका पञ्चलगायत सम्पूर्ण अपराधीलाई कारबाही गर्न माग गरेका छन्।

धर्ना पश्चात उनीहरुले जनकपुरधाममा सरकारविरोधी नारा लगाउँदै विभिन्न चोकमा जुलुस निकालेका थिए।

photo-(11)-(15)-1740304744.jpg

रिंकुकुमारी गएको माघ ३० गते बेलुका ७ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

त्यसअघि उनले गाउँके तीन जना केटाले आफूलाई बलात्कार गरेको जानकारी दिएपछि गाउँमै पञ्चात बसी तीनै जना केटासंग १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णय भएको थियो। सो निर्णय रिंकु र उनको परिवारलाई मन परेको थिएन।

photo-(4)-(25)-1740304744.jpg

photo-(6)-(16)-1740304745.jpg

photo-(10)-(10)-1740304743.jpg

प्रकाशित मिति: १५:४६ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्