स्ववियू निर्वाचनमा ठूला विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धा गर्ने
आइतबार बालुबाटारमा बसेको बैठकमा ठूला विद्यार्थी संगठन एक्ला–एक्लै चुनावमा प्रतिश्पर्धा गर्न सहमत भएका हुन्।
काठमाडौं, फागुन ११ : आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ठूला विद्यार्थी संगठन एक्लाएक्लै लड्न सहमत भएका छन्।
आइतबार बालुबाटारमा बसेको बैठकमा ठूला विद्यार्थी संगठन एक्ला–एक्लै चुनावमा प्रतिश्पर्धा गर्न सहमत भएका हुन्।
बैठकमा नेविसंघका तर्फबाट शेर्पा, पार्टीका तर्फबाट कांग्रेस सह–महामन्त्री किशोरसिंह राठौर, अनेरास्ववियु अध्यक्ष समिक बडाल, नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकाल तथा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबाट अध्यक्ष विजयप्रकाश सापकोटा र पार्टी उपमहासचिव शक्ति बस्नेत सहभागि रहेको जनाइएको छ।
छलफलमा विद्यार्थी संगठनका इन्चार्जहरू सहभागि थिए । छलफलपछि आगामी चैत ५ गतेभित्रै सबै क्यापसको निर्वाचन समयमै गराउन विद्यार्थी संगठन तयार रहेको जानकारी त्रिभुवन विश्वविद्यालयलाई गराइने भएको छ। ी
त्रविले यसअघि निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरिसकेको छ।












