Kathmandu Press

पाथीभर केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्। 
पाथीभर केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपाको माग

काठमाडौं, फागुन ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरु तत्कालका लागि रोक्न माग गरेकी छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन्। 

Hardik ivf

‘पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरु घाइते भइरहेका छन्। गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ। हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो। अहिले निषेधाज्ञा लागेको छ,’ उनले भने, ‘यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरु ‘एस’ केवलकार र ‘नो केवलकार’ को रुपमा विभाजित भएका छन्। अराजक भएका छन्। आक्रोशित छन्। तर, सरकारले उचित निकास दिन सकेका छैनन्।’

समाजवादको नारा भजाउने पार्टीहरु नै सरकारमा भएको बताउँदै उनले सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो? भन्दै प्रश्न गरिन्। 

‘त्यहाँ संरचनहरु बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो। तर, त्यसो भएन्। यसअघि पनि सम्झौता भएको थियो, त्यसो हुन सकेन्। माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन् । निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ। सहमति उल्लंघन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ,’ उनले भनिन्, ‘त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास?  हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौं।’

उनले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको बताइन्। आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ। 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्