Kathmandu Press

माओवादीका सांसदले संसदमा मागे प्रधानमन्त्रीको राजीनामा 

‘सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको छ,’ सांसद सापकोटाले संसदमा भने।
माओवादीका सांसदले संसदमा मागे प्रधानमन्त्रीको राजीनामा 

काठमाडौं, फागुन ११ : नेकपा माओवादी केन्द्रका सांसदले आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

माओवादी सांसद माधव सापकोटाले नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा पर्नु सरकारको असफलता भएको बताउँदै सरकारबाट मार्गप्रशस्त गर्न माग गरेका हुन्। 

Hardik ivf

‘सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनप्रतिको उपेक्षाका कारण नेपाल लज्जाजनक अवस्थामा पुगेको छ,’ सांसद सापकोटाले संसदमा भने, ‘यस घटनाले सरकार सम्पूर्ण रूपमा असफल भएको सङ्केतका रूपमा लिनुपर्ने भन्दै उनले सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्छ।’ 

सांसद सापकोटाले सरकारप्रति विश्वास र भरोसा नरहेको दाबी गर्दै देशको इज्जत प्रतिष्ठाको रक्षाका लागि प्रतिनिधिसभाले गम्भीरतापूर्वक विशेष महत्वका रूपमा लिनुपर्ने पनि बताए। 


 

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्