अशोक राई नेतृत्वको जसपाको कार्यालय ग्वार्कोमा
‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुनेछन्। अब समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको छ,’ उनले भने।-(9)-1740299964.jpg)
काठमाडौं, फागुन ११ : जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। आइतबार पार्टीका अध्यक्ष एवम पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोकस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुने जानकारी दिए। समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको पनि उनको भनाइ छ।
‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुनेछन्। अब समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको छ,’ उनले भने।
-(62)-1740299964.jpg)
कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मूलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ। राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उद्य हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए।
‘पुराना पार्टीहरु पूराना विचार, पूरानो सोच, पूरानो संस्था र कार्यशैलीको कारण निरन्तर जनताकोबीचमा विश्वास गुमाउँदै गएको र निराश भएको अनुभूति गरेको छौं। कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहन्छ भने मूलुकमा राजनीतिक रिक्तता हुन सक्दैन्,’ उनले भने, ‘त्यस्तो रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उद्य हुन्छ। त्यही मान्यतामा हामी जनता समाजवादी लिएर जनताकोमाझ आएका छौं।’
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको हो।












