Kathmandu Press

गणतन्त्रमा लुटतन्त्र भइरहन्छ भने हाम्रो विरोध भइरहन्छ : राजेन्द्र लिङ्देन

‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं,’ उनले भने। 
गणतन्त्रमा लुटतन्त्र भइरहन्छ भने हाम्रो विरोध भइरहन्छ : राजेन्द्र लिङ्देन
फाइल तस्बिर।

काठमाडौं, फागुन ११ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्र भइरहेको बताएका छन्।

अताइबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गणतन्त्रमा लुटतन्त्र भइराख्ने हो भने आफूहरूले निरन्तर विरोध गर्ने बताए। 

आइतबारकै बैठकमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्तिको विरोध गर्दै उनलाई निर्वाचनमा सहभागी हुन चुनौती दिएकी थिइन्। 

सोही भनाईमा जवाफ दिँदै अध्यक्ष आकस्मिक समयमा फरक विषयमा आफ्ना कुरा राख्ने सोच भएको भए पनि पूर्वराजाको विषयमा कुरा उठेपछि त्यसबारे जवाफ दिएको बताए। 

‘तपाईंले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्। त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रुपमा विरोध गरिराख्छौं,’ उनले भने। 

उनले आफू नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष भएको बताए। 

गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नु हो भनेजस्तो अर्थमा यहाँ कुरा राखिएकोप्रति उनले आपत्ति पनि जनाए। 

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्