Kathmandu Press

नेपालको कानुन अुनसार पाथीभरामा केबुलकार अनुमति दिइएको हो : सांसद भट्टराई 

उनले विरोध गर्ने अधिकार सबैलाई हुने भए पनि सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्ने मान्यता रहेको भट्टराईले बताए। उनले धर्म र संस्कृतिको बिषयलाई राजनीतिमा प्रवेश गराउन नहुने पनि बताए। 
नेपालको कानुन अुनसार पाथीभरामा केबुलकार अनुमति दिइएको हो : सांसद भट्टराई 
फाइल तस्बिर।

काठमाडौं, फागुन ११ : नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका बिषयमा संसदको ध्यानाकर्षण गराउँदै नेपालको कानुन अुनसार निजी क्षेत्रलाई अनुमति दिएको बताउँदै बिर्सन नहुने बताएका छन्।

सांसद भट्टराईले आइतबार संसद बैठकको आकस्मिक समयमा बोल्दै यस्तो बताएका हुन्। 

‘ताप्लेजुङमा केबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ। केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ,’ सांसद भट्टराईले भने, ‘नेपालको ऐन कानुनको व्यवस्था अनुसार नै निजी क्षेत्रलाई अनुमति दिएको हामीले बिर्सनु हुँदैन। त्यस आधारमा नै निजी क्षेत्रले केबुलकारको काम अगाडि बढाएको हो।’

उनले विरोध गर्ने अधिकार सबैलाई हुने भए पनि सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्ने मान्यता रहेको भट्टराईले बताए। उनले धर्म र संस्कृतिको बिषयलाई राजनीतिमा प्रवेश गराउन नहुने पनि बताए। 

‘हामी सबै मिलेर बसेको देशमा यो खालको स्थिति सिर्जना हुनु दुःखद हो,’ उनले भने। उनले शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको बताउन्दैसुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको जिकिर गरे।

उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएको बताउँदै नेपालले अवलम्बन गरेको संघीयता, सहकारिता, समन्वयकारिता र सहअस्तित्वसहितको रहेको पनि बताए। 

प्रकाशित मिति: १४:०७ बजे, आइतबार, फागुन ११, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्