पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव जितेर संसदमा आउन कांग्रेस सांसदका चुनौती
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन्।
काठमाडौं, फागुन ११ : कांग्रेस सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर संसदमा आउन चुनौती दिएकी छन्।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सत्तामा फर्किने मन भए चुनाव लडेर आउन आग्रह गरिन्। उनले पूर्वराजालाई यति बोल्ने अधिकार लोकतन्त्रले नै दिएको बताइन्।
‘सत्तामा नै यदि फर्किने चाहना छ भने टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस्’ उनले भनिन्।
साथै उनले पूर्वराजा र समर्थकहरुलाई कहिले पुरा नहुने, झर्ला र खाउँला भन्ने सोचाई त्याग्न आग्रह गरिन्।
पूर्वराजाको भनाईले समाज तरंगीत र पक्ष–विपक्षमा विभाजित भएको बताइन्। नेपालमा लोकतान्त्रिक गणतन्त्र कसैको कृपा नआएको बताउँदै उनले नेपाली जनताको शक्तिले आएको बताइन्।
सांसद न्यौपानले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको पनि बताइन्। कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नहुने बताइन्।
‘जुन आन्दोलनेले जनतालाई रैतीबाट नागरिक बनायो, नाकगरिकलाई देशको सर्वोच्च पदमा पुग्ने बनायो, त्यही आन्दोलन नै हो राजालाई जनता बनाएको,’ उनले भनिन्।












