मोटरसाइकल दुर्घटनापछि त्रिशुलीमा खसेका रोहित मृत्य भेटिए
दुर्घटनाको ९ दिनपछि रोहितको शव चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको प्रहरीले जनाएको छ।
चितवन, फागुन ११ : मोटरसाइकल दुर्घटनापछि त्रिशूलीमा वेपत्ता भएका रोहित राना मृत्य भेटिएका छन्।
दुर्घटनाको ९ दिनपछि रोहितको शव चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको प्रहरीले जनाएको छ। फागुन २ गते चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलमा दुर्घटनामा परेका थिए।
शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको र परिवारले शव सनाखत गरिसकेको प्ररहीले जनाएको छ।
भारतीय सेनामा कार्यरत उनी छुट्टीमा घर आएका बेला चितवनबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेका थिए।
प्रकाशित मिति: १३:०४ बजे, आइतबार, फागुन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












