Kathmandu Press

सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

मन्त्री सिंहले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताए। उनले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताए।
सरकार राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध छ : मन्त्री सिंह

काठमाडौं, फागुन ११ : उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गठबन्धन सरकारले राम्रा कामहरुलाई पूर्णता दिनको लागि प्रतिवद्ध रहेको बताएका छन्। 

आइतबार भौतिक समितिको बैठकमा बोल्दै उनले अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई सरकारले पूर्णता दिने बताएका हुन्।

Hardik ivf

‘अहिलेको गठबन्धन सरकारले योभन्दा अगाडिको सरकारले गर्न नसकेका राम्रा कामहरुलाई पूर्णता दिनकै लागि यो सरकार प्रतिबद्ध छ। सहरी विकास मन्त्रालय सबैभन्दा कान्छो मन्त्रालय हो,’ उनले भने, ‘मन्त्रालय स्थापना कालदेखि लिएर अहिलेसम्म काम गर्दैगर्दा बल्ल ०८१ मा आएर सहरी विकास नीति पास भएको छ।’ 

मन्त्री सिंहले नयाँ सहरको लागि नयाँ कन्सेप्ट आवश्यक हुने बताए। उनले काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि हामीले हाम्रो मोडल जुन छ यसमा ध्यान दिनुपर्ने बताए।

‘अब अहिले जुन हाम्रो नयाँ सहरको कन्सेप्ट छ जुन काठमाडौं उपत्यकाको सहरलाई अगाडि बढाउनका लागि समय त लाग्छ । तर काम गर्नको हामी तयार भएर मोडललाई ध्यान दिएर काम गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, फागुन ११, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्