Kathmandu Press

स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा छाैं : अध्यक्ष दाहाल

समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय पनि उनले बताए। 
स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा छाैं : अध्यक्ष दाहाल

काठमाडौं, फागुन १० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन्। 

माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उल्ने यस्तो बताएका हुन्। को आज यहाँ  उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्। 

Hardik ivf

माओवादीले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै उनले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक भएको उल्लेख गरे।

समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय पनि उनले बताए। 

आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्ममा साथ माओवादी केन्द्रले नेतृत्व गरेका कयौं स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उनले बताए।

पछिल्लो केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन नयाँ अभियान थालिएको उनको भनाई थियो। 

प्रकाशित मिति: १८:३० बजे, शनिबार, फागुन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्