Kathmandu Press

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

मुख्यमन्त्री कँडेलले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए। 
कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

सुर्खेत, फागुन १० : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सबैले सहयोग गर्नु पर्ने बताएका छन्। वीरेन्द्रनगरमा अयोाजित कोपिला भ्याली स्कुलको वार्षिकोत्सवमा उनले यो सबैको दायित्व भएको बताए।

मुख्यमन्त्री कँडेलले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने बताए। 

Hardik ivf

शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएका बताउँदै उनले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिँदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उल्लेख गरे।

सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने उल्लेख गरे। 

उनले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नं ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गरे।
 

प्रकाशित मिति: १८:२४ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्