‘करुणा’ को प्रसंशामा ओलीले भने– राधिकाको किताब २४ क्यारेटको सुनजस्तै हो, सत्य कुरा मात्रै छ
‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होइन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो,’ पुस्तकको प्रसंशा गर्दै ओलीले भने, ‘यसमा केही अन्य कुरा मिसिएको छैन। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन। म ढुक्क छु, साक्षी छु।’
काठमाडौं, फागुन १० : प्रधानमन्त्री केपी ओलीले पत्नी राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केही पनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए।
‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होइन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो,’ पुस्तकको प्रसंशा गर्दै ओलीले भने, ‘यसमा केही अन्य कुरा मिसिएको छैन। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन। म ढुक्क छु, साक्षी छु।’
प्रधानमन्त्री ओली राधिको आफूसँग केही मागहरु रहेको र ती मागहरुका बारे आफूले किताब पढेरै थाहा पाएको बताए।
‘अर्को यसबाट मैले केही कुराहरु थाहा पाएको छु। केही माग, इच्छाहरु रहेछन्। जन्म दिनमा फूल दिउ भने भोलिपल्ट याद आउँछ। यतिका वर्ष यस्तै गरेर नै गयो। तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन्,’ उनले भने।
बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुना ।