Kathmandu Press

अध्यादेशमार्फत देश चलाउन खोजियो : मातृका यादव 

नेपाली पत्रकारिताको ठूलो योगदानका कारण देशमा परिवर्तन भएको उल्लेख गर्दै उनले देशमा भइरहेको नौटंकीलाई जनतासामू नंग्याउन समेत आग्रह गरे।
अध्यादेशमार्फत देश चलाउन खोजियो : मातृका यादव 

महोत्तरी, फागुन १० : नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेस प्रदेशका इञ्चार्ज मातृका यादवले पत्रकारहरुले जनतामा छरिएका भ्रमहरु हटाउन महत्पूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।

महोत्तरीको बर्दिबासमा प्रेस सेन्टर नेपाल मधेश प्रदेशको पाँचौ अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। 

नेपाली पत्रकारिताको ठूलो योगदानका कारण देशमा परिवर्तन भएको उल्लेख गर्दै उनले देशमा भइरहेको नौटंकीलाई जनतासामू नंग्याउन समेत आग्रह गरे।

उनले अहिलेको सरकारको नेतृत्व गरिरहेका प्रधामन्त्री केपी ओली रक्षात्मक देखिएको टिप्पणी गरे। संविधानमा विशेष अवस्थामा अध्यादेश ल्याउने व्यवस्था भएपनि अध्यादेशले देश चलाउन खोजेको समेत उनले आरोप लगाए। 

भूमि व्यावस्था सम्बन्धी अध्यादेश ल्याएर भूमाफियालाई पोस्ने काम गर्न खोजेको पनि उनको जिकिर छ । 

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्