Kathmandu Press

‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो– हाम्रो घर दरबार होइन

बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक–एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै  पसिना, मेहेनतले घर बनाएको बताइन्। 
‘करुणा’को लोकार्पणमा राधिका शाक्यको गुनासो– हाम्रो घर दरबार होइन

काठमाडौं, फागुन १० : प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’को लोकार्पण गरिएको छ। शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो। 

आफ्नै पुस्तक लोकार्पण गर्र्दै शाक्यले गरिब दुखीहरुका विषयहरु पुस्तकमा समेटिएको बताइन्। उनले सानैदेखि बालापन, विहेसम्मका कुराहरु यो पुस्तका समेटिएको बताइन्। 

‘म सानैदेखि गरिब दुःखीहरुलाई देख्न नसक्ने खालको मान्छे थिए यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो। यसमा बालापनसँगै विहेसम्मका कुराहरु समेटिएका छन्,’ उनले भनिन्, ‘मैले आफ्नो ठाउँमा बसेर थोरै भए पनि सामाजिक कामहरु गरिरहेको छु।’

उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुखेसो व्यक्त गरिन्। बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक–एक हिसाब बुझाउन तयार रहेको समेत बताउँदै उनले आफ्नै  पसिना, मेहेनतले घर बनाएको बताइन्। 

‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ। मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं। हामी कति वर्ष डेरामा बस्यौं त्यो  किताबमा छ,’ उनले भनिन्, ‘बालकोटको घर कसरी बन्यो भनेर  प्रश्न गर्नुहुन्छ त्यसको म एक–एक हिसाब बुझाउन तयार छु। दुई पैसा काहीकतै बाट केही गरेर  लिएका छैनौं। आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं। यसमा भ्रष्ट्राचार गरेर  मनाएको बालकोट दरबार भन्न मिल्दैन।’

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्