Kathmandu Press

लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री

उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए। 
लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक : गृहमन्त्री

काठमाडौं, फागुन १० : गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई बलियो बनाउनका लागि देशमा सम्भावना र अवसर आवश्यक भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले डेमोक्रेसी अराजकताको होइन्, अनुशासनको पद्धति भएको भन्दै यसले देशलाई रोजगारी र अवसरहरु दिनुपर्ने बताए। 

Hardik ivf

‘डेमोक्रेसी भनेको अनुशासनको पद्धति हो, अराजकताको होइन भन्ने कुरा बुझ्न जरुरी छ। अर्को डेमोक्रेसीसँग वितरणको पाटो जोड्न सकेनौं भने पनि त्यो डेमोक्रेसी अस्थायी नै हुन्छ। किनभने डेमोक्रेसीले दिनुपर्यो, बाड्नु पर्यो,’ गृहमन्त्री लेखकले भने, ‘डेमोक्रेसीले वितरण गर्नुपर्ने कुरा भनेको सम्भावना, रोजगारी, अर्थ, सेवा र अवसर हो। लोकतन्त्रलाई बलियो बनाउनका लागि यी कुराहरु आवश्यक हुन्छन्।’

उनले समुदाय र जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने कार्यले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै यसको रक्षा गर्नु आजको आवश्यकता भएको बताए। 

‘लोकतन्त्रलाई अराजकता गर्ने सुविधाका रुपमा प्रयोग गर्ने गतिविधिहरु देखिन्छन्, व्यक्ति व्यक्तिको चरित्र हत्या गर्ने, भ्रामक कुराहरु प्रचार गर्ने,  समाज, समुदाय, जातजातीका बीचमा गलत अभिव्यक्तिहरु प्रचार गर्ने, यो सबै क्रियाकलापले लोकतन्त्रलाई कमजोर गर्छ । यस्तो कुरामा पनि सचेत हुनुपर्छ,’ उलने भने, ‘हामीले संसारको राम्रो संविधान बनाएका छौं र यो संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीताको सुदृढिकरण आजको आवश्यकता हो।’ 

सुदूरपश्चिममा समस्या छ, समस्या छ भनेर मात्र होइन अब सम्भावना छ भनेर अगाडि बढ्नुपर्ने बताउँदै उनले मुलुकको प्रत्येक क्षेत्रमा सुदूरपश्चिमको योगदान रहेको उल्लेख गरे।

प्रकाशित मिति: १३:२५ बजे, शनिबार, फागुन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्