Kathmandu Press

राज्यले कर्णालीलाई वेवास्ता गरेको छ : डा. शेखर कोइराला

नेता कोइरालाले नेपाली कांग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए।
राज्यले कर्णालीलाई वेवास्ता गरेको छ : डा. शेखर कोइराला

काठमाडौं, फागुन १० : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई वेवास्ता गरेको बताएका छन्। 

बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए। 

‘राज्यले कर्णालीलाई हेरिरहेको छैन। राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहा हाइड्रो पावरको त्यस्तै राम्रो छ। होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ,’ उनले भने, ‘तर जडिबुटि त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन। त्यहाँ प्रशोधन गर्न राज्य  लाग्नुपर्याे, यार्सागुम्बा प्रशोधन गर्न सक्छौं कर्णालीमा धेरै छ।’

नेता कोइरालाले नेपाली कांग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए।

‘नेपाली कांग्रेस तपाईंहरूजस्ता प्रजातन्त्र सेनानीले बचाउनु भएको हो। तपार्इंहरू नै हो अब नेपाली काग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ,’ उनले भने, ‘अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली कांग्रेस छ। नेपाली कांग्रेसलाई तपाईंहरूले फेरि एकपटक बचाउनुपर्ने छ।’
 
प्रजातन्त्र सेनानीका प्रतिनिधिहरूलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि उनले बताए। 

प्रकाशित मिति: ११:५७ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्