Kathmandu Press

‘उपेन्द्र यादवले पार्टी एक्लौटी चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौं’

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए।
‘उपेन्द्र यादवले पार्टी एक्लौटी चलाउन खोजेकाले हामी अलग हुन बाध्य भयौं’

धनुषा, फागुन १० : उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन खोजेकाले आफूहरु अलग हुन बाध्य भएको टिप्पनी जनता समाजवादी पार्टीका नेताहरुले गरेका छन्।

जनकपुरधाममा शुक्रबार अबेर साँझसम्म चलेको जसपाको मधेश प्रदेश अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी नेताहरूले यस्तो टिप्पणी गरेका हुन्।

Hardik ivf

कार्यक्रममा जसपा अध्यक्ष अशोक राईले उपेन्द्र यादवप्रति टिप्पणी गर्दै एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि आफूहरू अलग भएको धारणा राखेका थिए। उनले यादवले पार्टीलाई व्यवस्थित गर्न नसकेको, बैकल्पिक शक्ति बनाउन नसकेको र एउटा मान्छेको खेला जस्तो पार्टी भएपछि अलग भएको बताए।

अध्यक्ष राईले अन्यायमा परेका सबै उत्पीडित जनतालाई न्याय दिलाउन पनि जसपा पुनर्गठित गरेको बताए। उनले कुनै किसिमको अन्यौलमा नबसी उत्साहका साथ जसपालाई वैकल्पिक शक्ति बनाउनका लागि अगाडि बढ्न नेता तथा कार्यकर्ताहरूलाई आग्रहसमेत गरे।
 
कार्यक्रममा सहअध्यक्ष रेणुकुमारी यादवले उपेन्द्र यादवमाथी आफू बाहेक अरुलाई नेता बनाउनै नचाहेको आरोप लगाइन् । उनले अपमान सहेर पार्टीमा बस्न नसकेपछि आफूहरू अलग भएको पनि बताइन्।

सहअध्यक्ष यादवले मधेशका जनतालाई हातमा हात राखेर नबस्न अनुरोध गर्दै प्रदेशमा सात वर्षमा भएको बजेट खर्चको हिसाब नेताहरूसँग लिनसमेत आग्रह गरिन्।
 
त्यसैगरी, जसपाका नवनिर्वाचित मधेश प्रदेश समितिका अध्यक्ष अशोक यादवले मधेशको हकहितका लागि संघर्ष गरिरहने प्रतिबद्धता जनाए।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा पार्टीका उपाध्यक्ष नवलकिशोर साह, खानेपानी मन्त्री तथा पार्टीका उपमहासचिव प्रदीप यादवलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए।

 

प्रकाशित मिति: ११:२४ बजे, शनिबार, फागुन १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्