Kathmandu Press

युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउनुस् : महासचिव पोखरेल

उनले आगामी चुनावमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आंकडा प्रस्तुत गर्दै तिनै मतदातालाई ध्यानमा लिएर संगठन निर्माण तथा सदस्यता वितरण गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।
युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउनुस् : महासचिव पोखरेल

कास्की, फागुन १० : नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा केन्द्रित भएर संगठन बिस्तार अभियानलाई अघि बढाउन आफ्ना कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।  

नेकपा एमाले कास्कीको वडा केन्द्रित पार्टी निर्माण अभियानका क्रममा महासचिव पोखरेलले त्यस्तो आव्हान गरेका हुन्।

उनले आगामी चुनावमा हरेक मतदान केन्द्रमा ४० वर्ष मुनिका ६० प्रतिशत मतदाता रहने आंकडा प्रस्तुत गर्दै तिनै मतदातालाई ध्यानमा लिएर संगठन निर्माण तथा सदस्यता वितरण गर्न आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए।  

बिज्ञान प्रविधिको विकाससँगै समाज सामाजिक सञ्जालको प्रयोगमा अभ्यस्त हुँदै गएको र त्यसको प्रभाव हरेक घर र परिवारमा परिरहेको अवस्थामा घरको मुली आमालाई केन्द्रित गरेर संगठन बिस्तार अभियान चलाउन पनि उनले आग्रह गरे।  

अहिले संसदका ठुला पार्टी मिलेर सरकार बनाइएको भए पनि आगामी चुनावमा कांग्रेस र एमालेले छुट्टाछुट्टै चुनाब लड्ने दाबी गर्दै नेता पोखरेलले साना पार्टीले ठुला पार्टीमाथि शासन गर्ने प्रवृत्ति बिरुद्ध अहिले कांग्रेस र एमालेले गठबन्धन गर्नु परेको दाबी गरे।

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, फागुन १०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्