Kathmandu Press

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन्।
सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह

टिकापुर, फागुन ९ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन्।

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राखे।

उनले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए।

Hardik ivf

'टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो,' उपप्रधानमन्त्री सिंहले भने।

 उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए।

टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उहाँले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उनले धारणा राखे।

'केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु,' उनले भने।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी दिए।

'हामीले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्न खोजेका छौँ, अबको १० वर्षमा टीकापुर फेरिनेछ,' उनले भने।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शैक्षिक गुठी भए पनि नगरले हरेक कार्यमा सघाउँदै आएको बताए।

कार्यक्रममा उच्च ओहोदामा पुगेका तथा विद्यालयमा उत्कृष्ट भएका पूर्वविद्यार्थीलाई स्म्मान गरिएको थियो ।

स्वर्ण महोत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसहित करिब दुई सयलाई सम्मान गरिएको थियो । आजै विद्यालयमका स्वर्ण स्तम्भ, ‘इ–पुस्तकालय’ उद्घाटन गरिएको छ।

प्रकाशित मिति: २०:१५ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्