Kathmandu Press

केआइआइटीमा प्रकृतिको मृत्यु र नेपाली विद्यार्थी निकालिएको घटनामा बोल्यो भारतको विदेश मन्त्रालय

भारतीय विदेश मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएको छ।
केआइआइटीमा प्रकृतिको मृत्यु र नेपाली विद्यार्थी निकालिएको घटनामा बोल्यो भारतको विदेश मन्त्रालय

काठमाडौं, फागुन ९ : भारत ओडिसाको भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारत सरकारबाट औपचारिक धारणा सार्वजनिक गरेको छ।

इन्स्टिच्युटको होस्टेलमा रुपन्देहीकी छात्रा प्रकृतिको गत आइतबार शंकास्पद मृत्यु भएको थियो।

भारतीय विदेश मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएको छ।

Hardik ivf

शुक्रबार नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विदेशी विद्यार्थीहरूको सुरक्षालाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताए।

‘भारत सरकारले हाम्रो देशमा रहेका सबै विदेशी विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई उच्च प्राथमिकता दिएको छ । जहाँसम्म केआइआइटी घटनामा त्यहाँस्थित सरकार, प्रहरी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा छौँ’, प्रवक्ता जयसवालले भने, ‘घटनाका देखिएका मुख्य अभियुक्तसहितका आरोपीहरूलाई पक्राउ गरिएको छ । नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणका निम्ति भारत सरकारले आवश्यक सबै कदम चाल्नेछ।’

यस्तै, उनले भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दुई देशको सम्बन्धको कडीको संज्ञा पनि दिए । पत्रकार सम्मेलनमा जयसवालले नेपाली विद्यार्थीको सुरक्षा र जनकल्याणमा आवश्यक सबै कदम चाल्ने बचन पनि दिएका छन् ।

उनले नेपाली विद्यार्थी प्रकृति लम्सालप्रति समवेदना प्रकट गर्दै उनले दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता पनि जनाए । लम्सालको मृत्यु प्रकरणमा ओडिसा सरकारले मुख्यसचिव नेतृत्वको उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गरिरहेको जानकारी समेत उनले गराए ।

जयसवालले उनले भारत सरकार तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

नेपाली विद्यार्थीलाई कलेजमा फर्काउन ओडिसा सरकारले पहल थालिसकेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो।

 जयसवालले भने, ‘उनीहरूको सुरक्षासहित अध्ययन अघि बढाउने कुराको पूर्ण प्रत्याभूति ओडिसा सरकारले सुनिश्चित गर्ने बचन दिएको छ ।’

यस्तै, नेपाली विद्यार्थीको सुरक्षाका लागि त्यहाँको स्थानीय र राज्य प्रहरी पनि २४ सै घण्टा तैनाथ रहेर सेवा दिइरहेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

गत आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी कलेजमा अध्ययनरत प्रकृतिको शंकास्पद् मृत्यु भएको थियो। कलेजमा अध्ययनरत आद्विक श्रीवास्तवले मानसिक यातना दिँदा मृत्युको घटना भएको बताइँदै आएको छ ।  

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, फागुन ९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्