Kathmandu Press

जेनेभा जाँदै परराष्ट्रमन्त्री राणा

मन्त्री राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जेनेभा जाँदै परराष्ट्रमन्त्री राणा

काठमाडौं, फागुन ९ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औं उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै छिन्।

उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ। मन्त्री राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तरराष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने जनाइएको छ।

परराष्ट्रमन्त्री राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्नेछिन्।

उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।

उनी यही फागुन १६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्