स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन २७ गते मनोनयन दर्ता
२९ फागुनमा दुबै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तय भएको छ।
काठमाडौं, फागुन ९ : त्रिभुवन विश्वविद्यालयले शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।
आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ। त्रिविले चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समयसहितको कार्यतालिका सार्वजनिक गरेको हो।
आगामी १९ फागुनका लागि चुनावका लागि संघ संगठन समूह दर्ता गर्ने कार्यतालिका तोकिएको छ।
यस्तै, २१ फागुनमा मतदाता सूची प्रकाशित गरी २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने समय दिइएको छ। त्यसै दिन मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका तय भएको छ।
यसैगरी फागुन २६ मा उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ भने २७ फागुनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने कार्यतालिका छ।
एकै दिन दिन दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका बनेको छ। २८ फागुनमा दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन तोकिएको छ।
सोही दिन दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने भनिएको छ।
२९ फागुनमा दुबै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तय भएको छ।
त्यसै दिन दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने छ। ५ चैतका दिन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने छ।












