Kathmandu Press

एकीकृत समाजवादीमा आचारसंहिता- विवाहअघि र विवाहेत्तर शारीरिक सम्बन्ध राख्न नपाउने [पूर्णपाठ]

के-के छ आचारसंहिताको १० बुँदामा?
एकीकृत समाजवादीमा आचारसंहिता- विवाहअघि र विवाहेत्तर शारीरिक सम्बन्ध राख्न नपाउने [पूर्णपाठ]

काठमाडौं, फागुन ९ : नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्ना नेता तथा कार्यकर्ताका लागि आचारसंहिता जारी गरेको छ।

शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरू भएको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकमा नेता कार्यकर्ताहरूका निम्ति आचारसंहिता पेस भएको हो।

बैठकमा पेस भएको आचारसंहितामा पार्टीको संगठनमा रहेर के-के गर्न पाइने, के गर्न नपाइने भनेर मापदण्ड तोकिएको छ।

पार्टीको विचारधारा, मूल्य मान्यता, नैतिकता तथा जिम्मेवारीलगायत विभिन्न १० बुँदामा आचारसंहिता तोकिएको हो। ‍

आचारसंहितमा पार्टीको विचारधारा मार्क्सवाद र लेनीनवादमा प्रतिबद्ध हुनेदेखि अध्ययन अनुसन्धानमा समेत जोड दिइएको छ।

त्यसैगरी नेता कार्यकर्ताहरूलाई छाडा र अश्लील शब्द बोल्न नपाइने पनि भनिएको छ।

विवाह अगाडिको शारीरिक सम्बन्ध, विवाहेत्तर सम्बन्धलाई अनैतिक भनिएको छ।

'परपुरुष-परस्त्री शारिरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ,' आचारसंहितमा भनिएको छ।

यस्तो छ आचारसंहिता

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, फागुन ९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्