Kathmandu Press

यस्तो छ नेपालमा खिचिएको सोनु निगमको ‘शिव शंकर’

काठमाडौं, २० फागुन : फागुन पहिलो साता एकाएक समाचार आयो, सोन निगम बिरामी भएर काठमाडौंको नर्भिक हस्पिटल भर्ना भए । उनी नेपाल आएको कसैले चाल नपाएपनि फागु....

यस्तो छ नेपालमा खिचिएको सोनु निगमको ‘शिव शंकर’

काठमाडौं, २० फागुन : फागुन पहिलो साता एकाएक समाचार आयो, सोन निगम बिरामी भएर काठमाडौंको नर्भिक हस्पिटल भर्ना भए । उनी नेपाल आएको कसैले चाल नपाएपनि फागुन ७ गते अस्पताल भर्ना भएको समाचार भने भाइरल नै भयो ।

उनी किन नेपाल आएका थिए ? यसको जवाफ त्यतिबेला त कसैले खोजेनन् । सोनु निगमले नै प्रष्ट पारेका छन्, म्युजिक भिडियो खिच्न ।

Hardik ivf

उनले नेपालमा तयार पारेको म्युजिक भिडियो ‘शिव शंकर’ सार्वजनिक गरिएको छ । शिवरात्रिको अवसर पारेर सार्वजनिक गरिएको म्युजिक भिडियो एकाएक भाइरल पनि भएको छ ।

पोखरामा छायांकन गरिएको ‘शिव शंकर’मा सोनु निगमलाई नै देख्न सकिन्छ । उनले यसलाई भजन भनेका छैनन् । यो धार्मिक आस्थाका आधार नभइ जीवनमा गर्नै पर्ने यात्राका विषयमा तयार गरिएको बताएका छन् ।

सोनु निगमको स्वरमा रहेको ‘शिव शंकर’ कवि बसन्त चौधरीले लेखेका हुन् । श्रेयास पुरानिकले यसमा संगीत भरेका छन् ।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, फागुन २०, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्