Kathmandu Press

क्यानडामा अवतरणका क्रममा जहाज पल्टियो, यात्रु सकुशल

विमान पल्टिए पनि सबै यात्रु सकुशल रहेको बताइएको छ। १८ जना यात्रु घाइते भएका छन्, जसमध्ये ३ जना गम्भीर रहेको बताइएको छ।
क्यानडामा अवतरणका क्रममा जहाज पल्टियो, यात्रु सकुशल

टाेरन्टाे, फागुन ५ : क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा जहाज पल्टिएको छ। 

डेल्टा एयरलाइन्सको जहाज स्थानीय समयअनुसार सोमबार दिउँसो अवतरणका क्रममा विमानस्थलमा पल्टिएको बताइएको छ। विमान पल्टिँदा केही भागमा आगो लागे पनि तत्कालै निधाइएको थियो। 

Hardik ivf

विमान अमेरिकाको मिनेसोटा आएको थियो। जहाजमा चालकदलका ४ सदस्य र ७६ यात्रु रहेको बताइएको छ। 

विमान पल्टिए पनि सबै यात्रु सकुशल रहेको बताइएको छ। १८ जना यात्रु घाइते भएका छन्, जसमध्ये ३ जना गम्भीर रहेको बताइएको छ।

प्रकाशित मिति: ११:५६ बजे, मंगलबार, फागुन ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्