Kathmandu Press

धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

झापा, वैशाख १६ :  झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीको एक धान मिलमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ  बराबरको क्षति भएको छ। ....

धान मिलमा आगलागी हुँदा १५ लाख क्षति

झापा, वैशाख १६ :  झापाको झापा गाउँपालिका–३ स्थित सिमलबारीको एक धान मिलमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ  बराबरको क्षति भएको छ। झापा–३ का प्रसाद राजवंशीले सञ्चालन गरेको धान मिलमा सोमबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार चट्याङ परी विद्युतको तार सर्ट भइ अचानक राजवंशीको धान मिलमा आगलागी हुँदा राजवंशीको मिल तथा छिमेकी प्रल्हाद मण्डलको दुई कच्ची घरसमेत जलेर नष्ट भएको छ। आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। 

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्