एन्टिबडी पोजेटिभ देखिएका अधिकांशको पीसीआर नतिजा नेगेटिभ
धनगढी, वैशाख १६ : सुदूरपश्चिम प्रदेशमा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएको १० जनाको पीसीआर परीक्षण गर्दा नेगेटिभ नत....

धनगढी, वैशाख १६ : सुदूरपश्चिम प्रदेशमा र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ देखिएको १० जनाको पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा सोमबारसम्म शङ्कास्पद १२ हजार २८३ व्यक्तिको आरडीटी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए।
परीक्षण गरिएकामध्ये १० जनाको एन्टिबडी पोजेटिभ देखिएको थियो। उनीहरुको पीसीआर परीक्ष्ँण गर्दा नतिजा आएको उनले बताए। पसीआर पद्धतिबाट परीक्षण्न गर्न आजसम्म दुई हजार ७६३ को नमूना संकलन गरिएको छ। जसमा दुई हजार ७६१ को परीक्षण भएकोमा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ।
पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएका पाँचमध्ये चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसकेका छन्। दुई नमूना भने परीक्षणको क्रममा रहेको छ। साथै, सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सुदूरपश्चिमको विभिन्न जिल्लामा भएको क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसेका छन्। यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ। पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना संक्रमितको दर स्थिर रहेको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)