‘नेपाल लोक स्टार’को अडिसन प्रारम्भ
काठमाडौं, फागुन २० : आगामी जेठ दोस्रो हप्तादेखि एपीवान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल लोक स्टार’को अडिसन लिन थालिएको छ ।
....
काठमाडौं, फागुन २० : आगामी जेठ दोस्रो हप्तादेखि एपीवान टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल लोक स्टार’को अडिसन लिन थालिएको छ ।
चाहना मिडिया प्रालिले सञ्चालन गर्न लागेको ‘नेपाल लोक स्टार’को सातै प्रदेशमा अडिसन लिइने भएको छ । पहिलो अडिसन सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १६ गते लिइएको छ । कैलाली बहुमुखी क्याम्पसमा आयोजित पहिलो अडिसनमा थुप्रै कलाकारले प्रतिस्पर्धा गरेका छन् ।
त्यस्तै, दोस्रो अडिसन फागुन २० मा कर्णाली प्रदेशको सुर्खेतस्थि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हुँदैछ । यसैगरी प्रदेश ५ बुटवलमा फागुन २५ गते सुख्खा नगरको एभरेष्ट सेकेन्डरी स्कुलमा हुनेछ ।
गण्डकी प्रदेशको पोखरामा चैत २ गते जनप्रिय मावि, सिमल चौरमा हुनेछ भने प्रदेश १ को इटहरीमा चैत ११ गते पिस जोन सेकेन्डरी स्कुलमा हुने छ । प्रदेश २ को जनकपुरमा चैत १६ गते आर.आर.एम. क्याम्पस, गिरीजा पथमा हुने छ ।
त्यस्तै, अन्तिम अडिसन प्रदेश ३ को काठमाडौंमा चैत २३ गते मिनभवनस्थित इंग्लिस प्रिपेरेटोरी स्कुलमा हुने जनाएको छ ।
अडिसन पार गरी आएका प्रतिस्पर्धीले काठमाडौंमा हुने मेघा अडिसनमा भाग लिन पाउने छन् ।












